नेपाल चलचित्र कलाकार संघद्वारा ३८औँ स्थापना दिवसको अवसरमा रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना हुने

नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसको अवसर पारेर वृहत् रक्तदान तथा भोटेकोशी बाढी पीडितको सहयोगार्थ राहत संकलन कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम यही २०८३ भाद्र २३ गते, मंगलबार चावहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ।

चलचित्र विकास बोर्ड र मेट्रो ब्लड बैंकको सहकार्यमा हुन लागेको यस परोपकारी कार्यक्रममा बगान अर्गानिक टिले विशेष सहयोग पुर्‍याएको छ। बाढी पीडितहरूलाई सहयोग पुर्‍याउने र रगतको अभावलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सर्वसाधारण तथा सम्पूर्ण कलाकारहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।