समृद्ध व्यवसाय, जिम्मेवार कर – करदाता अभिमुखीकरण कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ मा सप्पन्न

​स्थानीय कर प्रणाली तथा व्यवसाय प्रवर्द्धनका विषयमा केन्द्रित भई एक विशेष अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर शाहले करदाताका समस्या बुझ्न र करसम्बन्धी सही जानकारी उपलब्ध गराउन यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

​त्यसैगरी, स्थानीय सरकारले व्यवसायीहरूलाई प्रोत्साहन गर्न, उनीहरूका समस्या पहिचान गर्न र उचित समाधानका उपाय खोज्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको धारणा उहाँले व्यक्त गर्नुभयो।

​बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित शिवपुरी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको सभापतित्व वडा सदस्य रणबहादुर लामाले गर्नुभएको थियो।

​उल्लेख्य सहभागिता

कार्यक्रममा स्थानीय व्यवसायी, करदाता तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य गरी व्यवसाय प्रवर्द्धन तथा उद्यमशीलताका विविध विषयमा गहन छलफल गरिएको थियो।

​कार्यक्रमका प्रमुख विषयहरू:

  • ​व्यवसाय प्रवर्द्धन तथा उद्यमशीलता विकास
  • ​करदातालाई आवश्यक जानकारी र समस्या समाधान
  • ​व्यवसाय दर्ता प्रक्रियालाई सरल र सहज बनाउने उपाय
  • ​स्थानीय सरकारसँगको सहकार्य र समन्वय
  • ​नयाँ तथा पुराना उद्यमीहरूलाई प्रोत्साहन

​कार्यक्रममा दुई जना सीए (CA) विज्ञहरूले बिहान १०:३० बजेदेखि दिउँसो २:०० बजेसम्म कर तथा व्यावसायिक कानुनसम्बन्धी जानकारीमूलक सत्र सञ्चालन गर्नुभएको थियो। तत्पश्चात् सञ्चालित प्रश्नोत्तर तथा सवाल-जवाफ सत्रमा सहभागीहरूले आफ्ना जिज्ञासा राखेका थिए। करसम्बन्धी स्पष्ट जानकारी पाएपछि सहभागीहरूले यस्ता कार्यक्रमले व्यवसायीहरूलाई ठूलो राहत पुग्ने भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।