अनुभव र निष्ठाको जगमा रमेश डंगोल: नेपाली कांग्रेस क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा बलियो दाबी

काठमाडौँ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ५ को आगामी क्षेत्रीय सभापति पदका लागि निष्ठावान् एवं अनुभवी नेता रमेश डंगोलले आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेका छन्।

६० वर्षका डंगोल पेशाले किसान हुन।
शैक्षिक योग्यतामा स्नातक तह उत्तीर्ण हुन। उनी काठमाडौँ महानगरपालिका वडा नं. ५, हाडीगाउँका स्थायी बासिन्दा हुन्।

​वि.सं. २०४२ देखि निरन्तररूपमा “Communist” (कम्युनिस्ट) राजनिती गर्दै आउनु भएको  डंगोल नेपाली काङ्ग्रेसमा २०५१  सालमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशील डंगोलले २०४६ सालको जनआन्दोलन लगायत पार्टीका विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा अग्रपंक्तिमा रहेर योगदान पुर्‍याएका छन्। २०५४ सालको स्थानीय चुनावमा वडा अध्यक्षको उम्मेदवार बनेका उनी वि.सं. २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।

​पार्टी संगठनभित्र वडा सचिव, उपाध्यक्ष हुँदै ३ कार्यकाल इकाई सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका डंगोल १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्र नं. ५ (क) प्रदेशको क्षेत्रीय सभापति बनेका थिए।

​वि.सं. २०७९ को संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट निर्वाचित नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको चुनाव प्रचारप्रसार समितिको संयोजक भई चुनावी परिणाम पार्टीको पक्षमा पार्न उनले मुख्य भूमिका खेलेका थिए।

​विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका डंगोललाई उम्मेदवार विजय गराउन निर्वाह गरेको प्रभावकारी भूमिका र लामो सांगठनिक अनुभवका आधारमा आगामी कार्यकालका लागि पनि काठमाडौँ क्षेत्र नं. ५ को क्षेत्रीय सभापति पदको सबैभन्दा योग्य र बलियो उम्मेदवारका रूपमा हेरिएको छ। 

काठमाडौँ। नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति रमेश डङ्गोल हाल क्षेत्रका उम्मेदवार दाबेदारहरूमध्ये सबैभन्दा पोख्त, राजनीतिमा पाका र उमेरका हिसाबले पनि जेठा हुनुहुन्छ।
पार्टीमा लामो समयदेखि समर्पित डङ्गोलको यही अनुभव र परिपक्वतालाई आधार मान्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले उहाँलाई नै पार्टीको तर्फबाट मुख्य दाबेदारका रूपमा अघि सारेका छन्। लामो राजनीतिक यात्राका क्रममा उहाँले पार्टी सङ्गठन निर्माण, जनसेवा र सामाजिक कार्यमा पुर्‍याउनुभएको योगदानका कारण उहाँको दाबीलाई अन्य उम्मेदवारको तुलनामा निकै बलियो मानिएको छ।
क्षेत्रीय सभापति डङ्गोलको यो परिपक्व नेतृत्व र राजनीतिक अनुभवले आगामी निर्वाचनमा पार्टीलाई स्पष्ट सफलता दिलाउनेमा स्थानीय कार्यकर्ताहरू ढुक्क देखिएका छन्।