।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, सिन्धुपाल्चोकबाट पेशागत विज्ञतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अधिवक्ता भीम प्रसाद पौडेलले उम्मेदवारी दिनुभएको छ।
काठमाडौ
राजन थापा
कानुन व्यवसायमा प्राप्त अनुभव र पेशागत ज्ञानलाई पार्टी संगठन तथा लोकतान्त्रिक अभ्यासमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको पौडेलले बताउनुभएको छ।
उहाँले नेपाली कांग्रेसको इतिहास निर्माणमा योगदान पुर्याएका अग्रजहरूको त्याग, संघर्ष र सहिदहरूको बलिदानलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिनुभएको छ।पेशागत विज्ञतर्फ अधिवक्ता भीम प्रसाद पौडेलको उम्मेदवारी
समयअनुकूल पार्टीको कार्यशैली, संगठनात्मक सुदृढीकरण र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँको प्रतिबद्धता छ।
पौडेलले भन्नुभएको छ—
“अग्रजहरूले निर्माण गरेको इतिहासलाई सम्मान गर्दै वर्तमानको आवश्यकता बुझेर भविष्यको जिम्मेवारी लिनुपर्छ। मेरो पेशागत अनुभव र कानुनी ज्ञानलाई पार्टी र समाजका लागि उपयोग गर्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ।”
उहाँले क्षेत्रीय प्रतिनिधि, पार्टीका स्थानीय नेतृत्व, मतदाता तथा शुभेच्छुकहरूबाट प्राप्त हुने सुझावलाई आफ्नो उम्मेदवारीको महत्वपूर्ण आधारका रूपमा लिने बताउनुभएको छ।
अधिवक्ता भीम प्रसाद पौडेल
केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
प्रतिनिधि सभा क्षेत्र नं. १, सिन्धुपाल्चोक
पेशागत विज्ञतर्फ
