नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिका–४ को महाधिवेशन सम्पन्न, १५ सदस्यीय कार्यसमिति गठन

काठमाडौं ।

नेपाली काङ्ग्रेस  काठमाडौं महानगरपालिका वडा नम्बर ४ को महाधिवेशन आज २०८३ साल असोज  १५ गते सम्पन्न भएको छ। महाधिवेशनबाट मनोजराज जोशीको अध्यक्षतामा ईश्वरीमाया तामाङसहित १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधितर्फ धीरेन विक्रम मोक्तान, अनिशराम भट्टराई, सावित्री खनाल, राजेन्द्रमान जोशी, डिकबहादुर घिमिरे, सूर्य सापकोटा, किरण विक्रम मोक्तान, रोशनी थापा, मीना कुमारी महर्जन लगायत ४१ जना प्रतिनिधि चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय सभापति तथा बागमती प्रदेशका पूर्वमन्त्री श्यामबहादुर खड्का रहनुभएको थियो। उहाँले महाधिवेशन आयोजना गर्नुपर्ने कारणबारे प्रकाश पार्दै नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिनुभयो।

कार्यक्रममा प्रदेश संयोजक धीरेन विक्रम मोक्तानले सामाजिक सञ्जालमा भ्रम फैलाएजस्तो अदालतलाई भ्रममा पार्न नसकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन जिल्ला सदस्य अनिश कुमार भट्टराईले गर्नुभएको थियो।